काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपारिकामा रहेको भिराडिल खाइके साकुुरा पार्कको भ्रमण गर्नुभएको छ ।
शुक्रबार ओलीले निर्माणाधिन पार्कको अवस्थाका बारेमा जानकारी लिन स्थलगत भ्रमण गर्नुभएको हो । भ्रमणका क्रममा ओलीले नेपाल–जापान सम्बन्धलाई थप प्रगाढ बनाउन उक्त पार्कले ठूलो महत्व राख्ने बताउनुभयो । यसअघि जापान सरकारले उक्त स्थानमा रोपणका लागि ५० वटा साकुराको विरुवा प्रदान गरेको थियो । अध्यक्ष ओलीले साकुरा नेपाल र जापानबीचको मित्रताको प्रतिक भएको उल्लेख गर्नुभयो ।

भ्रमणका क्रममा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभयो । उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गर्नुभएको हो ।

https://youtu.be/hsF4o2WVjV8

























