नदी किनारमा २० मिटर छाड्नुपर्ने आफ्नै फैसला सर्वोच्चले उल्ट्यायो
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छाड्नुपर्ने यसअघिको फैसला उल्ट्याएको छ। न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलासहितको पूर्ण इजलासले संयुक्त इजलासको फैसला कानून र न्यायको