काठमाडौं । रसुवा बाढीमा परेका अर्का एक जनाको पनि १० दिनपछि जीवितै उद्धार गरिएको छ ।
त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर कविर महर्जनको पनि उद्दार भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिएका छन् ।
यसअघि आजै विहान नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी सञ्जय साहको उद्दार गरिएको थियो । उनीहरूलाई रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका थिए ।




















