काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।
शुक्रबार बिहान उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्यका लागि गएको हुनसक्ने बताइएको छ।
खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार सुरुङभित्र फसेका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको हो ।
आज बिहान खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज आएको संकेत नेपाली सेनाले पाएको थियो । त्यसपछि उद्धार टोलीले सुरुङभित्र खोजी अभियान तीव्र पारेको थियो ।
इन्जिनियर श्रीराम न्यौपानेका अनुसार नेपाली सेनाले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार कार्य अघि बढाएको थियो ।
बाढीका कारण आयोजनाको सुरुङमा केही व्यक्ति फसेको आशंकामा नेपाली सेना, प्राविधिक तथा उद्धार टोलीले निरन्तर खोजी गरिरहेको थियो ।




















