काङ्ग्रेसलाई तराई मधेशले जन्माएको हो : नेता पौडेल
धनुषा, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको बताउनुभएको छ । धनुषाको शहीद नगर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताउनुभयो ।