पर्सा जिल्लाको सदरमुकाम वीरगंज हो । जुन जिल्लाको पूर्व भागमा पर्दछ । यसरी जिल्लाको सम्पूर्ण ग्रामिण भाग पश्चिममा रहेका छ । ग्रामिण भेगलाई जोडने, वीरगंज महानगरपालिको वडा १९ मा पर्ने तिवाले पुल हो । यसरी ग्रामिण भेगको पूर्णरुपमा बिकास नहुनु, जिल्लाको सदरमुकाम एकातिर भएकै कारण्हो भने दुई मत हुदैन । ग्रामिणवासीहरु दिनहु आफ्नो दैनिक कामले सदरमुकाम जानु पर्ने अवस्था हुन्छ । जस्तै दैनिक ज्यालादारी, सरकारी वा गैरसरकारी कार्यालयहरुको काम, आ आफ्नो ब्यवसायले मानिसहरु सरदमुकाम जानु पर्ने बाध्यता हुन्छ । तिलावे नदिमा रहेका पुल जुन हुलाकी सडकमा पर्दछ । प्रमुख नाका हो ।
हुन त विरगंज महानगरपालिकामा परे पनि वीरगंजको घण्टाघर देखि पश्चिमतर्फ १० किलो मिटरको रहेका छ । मलाई याद छ आज देखी करिब २० बर्ष पहिला नै तिलावे पुलको उद्घाटन तत्कालिन सम्माननिय प्रधानमन्त्री गिरीजा प्रसादकोइराला ज्यूबाट भएको थियो । यस पुलको अवस्ता पनि जिर्ण अवस्थामा पुगेको छ । न यसको सरसफाई न यसको मर्मत संभार भएको छ । यस्तै अवस्था रहयो भने केही वर्षमा नाम मात्रको पुल रहने पक्का पक्की छ । ग्रामिण भेगमा बढ्दो जनसंख्या र सवारी साधनले गर्दा हुलाकी राजमार्ग काम शुरु हुनु र तिलावे नदिमा अर्को पुलको निमार्ण हुनु, ग्रामिणबासीहरुमा खुसीको लहर उठेको थियो । हुलाकी राजमार्गको कामहुदै गर्दा तिलावे नदिमा अर्को पुलको निमार्ण कार्य शुरु हुनु सुखद भएको जनविचार रहेको थियो ।
यो पुलको निमार्ण कार्य पप्पु तथा लुम्बिनी जे.भि.कन्सट्रकसनले जिम्मालिएको हो भने सर्ववित्तिदै छ । विभिन्नकारण वस पप्पु कन्सट्रकसन र लुम्बिनी जे.भि.ले काम दिएको तर हाल कालो सुचीमा समेत परेका यी ठेकेदार कम्पनीले २०७२ सालमा ठेका करिब साढे ५ करोडको लागतमा सम्झौता भएको थियो र २०७५ सालमा पुर्णरुपमा काम सम्पन्न गरिने सहमती भए पनि ५ बर्ष सकिदा काम सम्पन्न नभएको पर्सा बासीहरुको गुनासो रहेको छ । अहिले न्यू कान्तिपुर कन्सट्रकसनले २०७६ फागुन देखी काम थालनी गरेको छ । तर चैत्र ११ गते देखी विश्व महामारीको रुपमा फैलिरहेको करोना भाइरसले गर्दा देश नै लकडाउन भएको कारण काम शुस्त गतिमा चलिरहेको छ भने त्यस कन्सट्रकसनका सब इन्जिनीयर श्रीराम हलालले फोन सम्पर्कमा भन्नु भयो । भन्ने क्रममा हाल हामीसंग ५ जना कामदार हुनुन्छ, यो अहिले कार्य गरि रखानु भएको छ तर हाल सम्मअहिले हेर्दा बिगत एक साल देखी निर्माणधिन पुलमा खासै प्रगती नभएको हो भने प्रस्टरुपमा नांगो आखाँले हेर्न सकिन्छ । यो यस्तो नदि हो, जहाँ बर्षाैभरी पानि बगिरहन्छ । यसरी पानी भए पछि माछा पनि हुन्छ र माछा खानका लागि राम्रो परिकार पनि हो । त्यसैले होला पुल कन्सट्रकसनका कर्मचारी तथा कामदारहरु माछा समात्ने त्यसका परिकारमा ब्यस्त रहेको स्थानियबासी तथा प्रत्येक्ष दर्शीहरुको गुनासोे छ । माछा समात्दै र त्यसका परिकारमा लिप्त रहेका ती ब्यक्तिहरु नदिमा माछा रहे सम्म र परिकारमा लिप्न रहदा रहदै पनि पुल निर्माण कार्य प्रगती भयो भने पर्सा ग्रामीणबासीहरुले आशा राखेका छन ।
पुरानो पुलको दुबै किनारको सडकलाई काटी आवतजावत बन्द गरिएको छ यसको बैकल्पिक रुपमापुलको दक्षिण भागमा होम पाइपको अधारमा एउटा सानो कलभर्ट निमार्ण गरेर अवागमन भइरहेको छ । यो सानो डाइभर्सनले अवागमन शुरु त भयो । केहि दिनको लागि भएपनि ठिकै होला । तर हाल यो सालभन्दा बढि पुरेको छ । यसबाट बाटोमा पर्ने न्यू पन्ना मोनो बियल इङ्गिलश र्बोडिङ्ग स्कूल र मुनिलाल साहको गोठ लगाएत अन्य ब्यक्तिहरुको घर रहेको छ । यसरी मुनिलाल साह“कोरोना भन्दा पहिला नै यस बाटोबाट आएका धुलोबाट विरामी हुने डर छ भने कुरा राख्नु हुन्छ । त्यस्तै न्यू पन्ना मोनो बियल इङ्गिलश र्बोडिङ्ग स्कूल हाल लकडाउनले बिद्यालय बन्द भएको छ तर पहिला पठन पाठनमा एकदम ग्राहो भएको थियो । यो समयमा समाधान भएन भने पछि विद्यार्थीहरुलाई पनि ग्राहो भएर बिद्यालय नै बन्द गर्नु पर्नै अवस्था हुन्छ भने त्यही विद्यालयका प्रन्सिपल जितेन्द्र साह मिठो भाषामा सुनाउनु हुन्छ । बिन्दवासिनी टोलकावासिन्दहरु त्यो बाटोबाट उडेका धुलोहरु हाम्रो घर सम्म आउछ, खाना खान समेत गाह्रो रहेको दुखेसो सुनाउन्छन् ।
यसरी तिलावे नदिको कुरा सम्झदा केही पहिला सबै गाउँका ब्यक्हतिरु दिनहु नुहाउने देखी कपडाहरु सफा गर्ने गर्थे । हाल यसको अवस्था हेर्दा पहिलाका राम्रा कुराहरु सम्झनामा मात्र समिति हुन्छ । किनकी यस नदिको दुवै पटिको किनारमा फोहर फालिएको छ । त्यसमा नदिको पूर्व पट्टिको किनारमा रहेका शिवम् हेचरीले गर्दा वासपासको वातावरण दुर्गन्धित भएको छ । पहिला त त्यस हेचरीबाट निस्केका फोहरहरु नदिमा फाल्ने ग¥र्थे, तर हाल ती फोहरलाई पछाडी पट्टिको ठाउँमा खाल्ठो खनी राख्ने गरेका र खुल्ला रहेका कारण आउने जाने यात्रीहरुलाई पनि शासति खेप्नु परेको छ । यसलाइ हेर्ने निकाय अहिले पनि मौन रहेको छ । साथै गाउँलेबासी र ग्रामिण वासीहरुले शासती भोगिरहेका छन् । हुन त नेपालको संविधान २०७२ को भाग–३ मौलिकहक र कर्तव्य र धारा ३० मा स्वच्छ वातावरणको हकमा हेर्दा दफा १) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य बातावरणमा बाँच्न पाउने हक हुनेछ । २) वातावरणीय प्रदु्रषण वा ह्राबाट हुने क्षति बावत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । ३) राष्ट्रको विकास सम्बन्धि कार्यमा वातावरण र विकासबीच समुचि सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन । भन्ने ब्यवस्था रहेको छ । यसको कार्यन्वयन पक्ष फितिलो दिेखिन्छ । हाल सम्म पत्र पत्रिकाहरुमा कहिले काही सामाचार आए पनि पुर्णरुपमा यस विषयमा पर्साबासी र स्थानिय सरकारले पनि अवाज न उठाएको महसुस हुन्छ ।
पुलको अवस्थालाई हेर्दा पुरानो पुल जिर्ण अवस्था, हाल सम्म मर्मत संभारमा कमजोरी र निमार्णधिनपुल, यसपालीको वर्षायाममा पुलको निर्माण कार्य हुन्छ भने आशा राख्नु बालुवामा पैसा हाले जस्तै हुन्छ । आज भोलि यो चियो चर्चाको विषयपनि रहेको छ यसैक्रमा बहुदरमाई नगरपालिका विश्रामपुरका बिजय यादव भन्नु हुन्छ कि यस पालि कारोना भाइरसको माहामारी गर्दा भएको लकडाउन जसतस काटिरहेको छु, २ कठ्ठा लगाएको तरकारी बिक्री नभएर नस्ट पारियो यदि पुल संचालनमा आएन भने सबै ग्रामिण वासीहरुको ढाड भचिन्छ र जिवन काटन क्रणमा डुब्नु पर्ने अवस्था हुन्छ । क्रण चुक्ता गर्न बर्सौ लाग्छ । यसरी सबै पक्षलाइ हेर्ने हो भने यसका बैक्लपिक उपायहरु अपनाउनु पर्ने अवस्था नत्र यस पालि कारोना भाइरसले कम र भोकमरीले मर्नु पर्ने अवस्था सृजना हुन्छ । यस विषयमा ग्रामिण बासीहरुको मानसिक तनाव बनिरहेको छ । यी सबै कारण गर्दा जनताहरु तनावपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । ग्रामिण बासीहरुले सबै कामको हिसाबले सदरमुकाममा नै निर्भर हुन्छन् । वर्षायाम शुरु भए पछि डाइभर्सनलाई नदिले बगाउछ यसमा दुई मत नहोला, त्यसपछि अर्को लकडाउन शुरु हुन्छ, पर्सा ग्रामिण बासीहरुको लागि जुन शर्मनाक र दर्दनाक हुन्छ । यस कारण जनताहरुलाई तनाव मुक्त गर्न, जीवन बचाउन हेतु सबै पक्षको ध्यानआकर्षण गर्नु पर्दछ ।