काठमाडौं । आज २०८३ साल जेठ १६ गते शनिबार अधिक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ मे ३० तारिख । यस्तो छ आजको फलादेश :
मेष : दिन सामान्य छ । सञ्चित धनको खर्च हुनेछ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। विवादमा पर्नसक्ने भएकाले आज थोरै मात्र बोल्नु उपयुक्त हुन्छ। शिक्षामा थप मिहिनेतको खाँचो छ ।
वृष : तपाईंको बोलीमा सरस्वतीको बास छ। परोपकारमा बोलीको प्रयोग गर्नुपर्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।
मिथुन : जोगिएर काम गर्नुपर्ने दिन छ । खर्च बढ्दा मन उदास हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट शिक्षामा फाइदा हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ
कर्कट : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ।
सिंह : आफ्नै बोलीका कारण पश्चाताप हुनसक्छ। पुरानो कुराको सम्झनाले तनाव बढ्नेछ। व्यापारमा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : कमाइ हुने दिन छ। साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।
तुला : तपाईंले गरेको श्रमको मुल्याकन हुनेछ। मानसम्मान प्राप्त हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नाफा हुने दिन छ। अग्रजसँगको अन्तरक्रियाले मन हलुका हुनेछ।
वृश्चिक : आज पूराना मित्रसँगको भेटले मनमा खुसी मिल्नेछ। नयाँ योजना बन्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग हुनेछ। ठुलालाई सम्मान गर्दा फाइदा हुनेछ।
धनु : व्यापारमा घाटा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने समय छ। परिवारको साथ र सहयोग हुनेछ। मन शान्त बन्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
मकर : आज बोलीको प्रभाव बढ्नेछ। आम्दानी हुनेछ। कतै घुमफिरको योजना तय हुनसक्छ। पारिवारिक मेलमिलाप हुनेछ। मिहिनेतको फल मिल्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ ।
कुम्भ : एकल निर्णय घातक हुनेछ। सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीको सहयोग लिएर लगानी गरेमा फाइदा हुनेछ। मानसिक चिन्ता बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ।
मीन : मनमा चिन्ता बढ्नेछ। व्यापारमा संयुक्त लगानी गरेमा फाइदा हुनेछ। रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्ने छ ।




















