पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट झापाको दमक नगरपालिका ४ का ३० वर्षीय विशाल सिटौलाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका सिटौलाको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो ।