उपराष्ट्रपतिमा जसपाकी प्रमिलाकुमारी यादवको उम्मेदवारी फिर्ताको तयारी
काठमाडौँ । जनता समाजवादी पार्टीले प्रमिलाकुमारी यादवको उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता गराउने तयारी गरेको छ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहेपछि प्रमिलाकुमारीको उम्मेदवारी फिर्ता गराउने तयारी भएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो १ बजे पार्टीका नेताहरूलाई बैठकमा