काठमाडौं । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनु पर्ने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।
आइतबार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कानून व्यवसायीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेलको ध्यानाकर्षण गराएका हुन् ।
संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण गराइएको अधिवक्ता राधिका खतिवडाले बताएकी छिन् ।



















