काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमवार दिउँसो १ बजे हुने भएको छ ।
नेपालको तेस्रो राष्ट्रपतिमा फागुन २५ गते निर्वाचित हुनुभएका पौडेललाई भोलि राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ गराउनुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेबी भण्डारीको कार्यकाल आज राती १२ बजेदेखि सकिदै छ ।



















