काठमाडौँ । जनता समाजवादी पार्टीले प्रमिलाकुमारी यादवको उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता गराउने तयारी गरेको छ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहेपछि प्रमिलाकुमारीको उम्मेदवारी फिर्ता गराउने तयारी भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो १ बजे पार्टीका नेताहरूलाई बैठकमा बोलाएका छन् । प्रमिलाकुमारीको उम्मेदवारी फिर्ता गराउनेबारे छलफल गर्न बैठक बोलाइएको हो । जसपा सांसद प्रदीप यादवका अनुसार सोही बैठकबाट उम्मेदवारीबारे छलफल हुने बताए । ‘उम्मेदवारीबारे पार्टीमा छलफल गर्छौं र निर्णय गर्छौं । आन्तरिक बैठक बोलाइएको छ । प्रमिलाजीको उम्मेदवारी फिर्ता लिने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।




















