सरकारमै बसेकाले जेनजीका नाममा मागपत्र तयार गरेर कलाविहीन तमासा देखाइरहेका छन् : ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारकै नेतृत्वमा बसेका व्यक्तिहरूले ‘जेन–जी’ का नाममा मागपत्र तयार गरी युवाहरूबाट बुझाउने नाटक गरिरहेको आरोप लगाएका छन्। गुण्डुस्थित आफ्नै निवासमा प्रेस चौतारीका नेताहरूसँगको छलफलमा उनले यस्ता गतिविधिलाई “कलाविहीन तमासा” भनेका