नेकपाका दुई अध्यक्षबीच पार्टीको आन्तरिक विषयमा छलफल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज पार्टीको आन्तरिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियो । छलफलमा पार्टीको आन्तरिक विषयमा केन्द्रित भएको बताइएको छ