काठमाडौं । कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेता केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्नु भएको छ ।
संघीय प्रतिनिधि सभाका सदस्य केसीको हिजो राति १०ः३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको थियो ।