काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज पार्टीको आन्तरिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियो ।
छलफलमा पार्टीको आन्तरिक विषयमा केन्द्रित भएको बताइएको छ । पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुट्नुभएको वालुवाटार स्रोतले जनाएको छ ।
पार्टीमा देखिएको विवाद समाधान गर्दै पार्टी एकतालाई मजवुत बनाउन दोस्रो तहका नेताहरुले सुझावसहितको दवाव दिएपछि विवाद समाधान गर्न अध्यक्षद्वयबीच संवाद पुनः शुरु भएको हो ।
भेटवार्तामा के–के कुराकानी भयो भन्ने दुवै पक्षले आधिकारिक जानकारी दिएका छैनन् । तर दुवै अध्यक्षले आआफ्ना अडान राखेकाले कुनै सहमति नभएको स्रोतको दावी छ ।