सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा संसदीय दलको बैठकले दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
आज दलका प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको बताइएको छ ।
नेकपाका ३३ जना सांसद रहेको संसदीय दलमा बहुमतका लागि १७ जना सांसद आवश्यक पर्दछ । बैठकमा १८ जना प्रदेशसभा सदस्यहरु सहभागी भएको र संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको बताइएको छ ।
गत असोज २५ गते १८ जना असुन्तष्ट सांसदहरुले दलका नेता तथा मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा विश्वासको प्रस्ताव दर्ता गराएका थिए । शुक्रवारको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षका कुनैपनि सांसदहरु उपस्थित थिएनन् ।