“गठबन्धनलाई सभामुख र उपसभामुख भागबण्डा गरेर लिन नैतिकताले दिँदैन”
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तागठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले नदिने बताएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया सहभागी हुँदै एमाले सांसद शान्ता चौधरीले संवैधानिक व्यवस्थाले पनि उपसभामुख प्रतिपक्ष दललाई दिनुपर्ने बताइन् ।