वर्तमान असफल सरकारको विकल्प अब एमालेले खोज्छः पद्मा अर्याल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार राष्ट्रियताको हिसाबले पनि असफल भएको दाबी गरिन्