एमालेद्वारा स्थानीय निर्वाचनमा अमर्यादित क्रियाकलाप गर्ने महान्यायाधिवक्ताको राजीनामा माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा माग गरेको छ । स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत