काठमाडौं । राप्रपाको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनमा हात हालाहाल भएको छ । राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको महिला संगठनको अनौपचारिक वैठकमा अध्यक्ष अञ्जना रावल पक्ष र कुमारी तामाङ पक्षका महिलाहरुबीच हात हालाहाल भएको हो ।
राप्रपाले महिला संगठनमा अध्यक्ष मात्र नियुक्त गरेको छ भने कार्यसमिति पनि बनेको छैन । राप्रपाको महिला संगठनले महिला हिंसा न्युनीकरणका लागि दबाव दिँदै असार २७ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
ज्ञापन पत्रको तयारीका लागि छलफल गर्न अध्यक्ष रावलले अनौपचारिक बैठक बोलाएकी थिइन् । तर बैठकको सुरुमै नेता कुमारी तामाङले माइक खोसेर बोल्न थालेको र विषय भन्दा बाहिरको मुद्दा झिकेर विवाद गरेको रावल बताउँछिन् ।
























