काठमाडौं । उपसभामुख निर्वाचनलगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेको छ ।
उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा रहेका छन् ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख रिक्त रहेको छ ।
























