काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तागठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले नदिने बताएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया सहभागी हुँदै एमाले सांसद शान्ता चौधरीले संवैधानिक व्यवस्थाले पनि उपसभामुख प्रतिपक्ष दललाई दिनुपर्ने बताइन् ।
उनले नेपालको संविधानको धारा ९१ अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुने गरी गर्नुपर्छ र फरक–फरक दलको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको बताइन् । हाल गठबन्धन दलको सरकार चलेको अवस्थामा गठबन्धनकै दुई घटकले सभामुख र उपसभामुख संवैधानिक र नैतिक हिसाबले अनुचित देखिने उनको भनाइ थियो ।




















