बिपी राजमार्गमा राती सवारी आवागमनमा रोक, बुझेर मात्र यात्रा गर्न अनुरोध
काभ्रेपलाञ्चोक । वि.पी. राजमार्गअन्तर्गत काभ्रेको कटुन्जेबेँसी-नेपालथोक सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गरेको छ । गत वर्षको बाढीका कारण क्षतिग्रस्त भई हाल निर्माण तथा स्तरोन्नति भइरहेको उक्त सडकखण्डमा सामान्य वर्षात्काे समयमा समेत सडक अवरुद्ध