काठमाडौं । सर्वोच्च अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छोड्न आदेश गरेको छ ।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज हुने आदेश दिँदै परमादेश जारी गरेको हो । गोल्छाको तर्फबाट उनकी पत्नी सीमा गोल्छाले दायर गरेको रिटमा यस्तो निर्णय आएको हो ।
हाल केन्द्रीय अनुसन्धान ब्यूरो को थुनामा रहेका गोल्छाको सम्बन्धमा थपिएको अनुसन्धान म्याद बदर भएको अदालतको आदेशमा उल्लेख छ । अब अनुसन्धान अधिकृतले धरौटी लिएर वा जिम्मा जमानीमा उनलाई थुनामुक्त गर्न सक्ने अवस्था रहेको बताइएको छ ।
यसअघि पनि सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो । त्यसपछि भएको पछिल्लो निर्णयसँगै मुद्दा प्रक्रियामा नयाँ मोड आएको छ ।




















