रोल्पा जिप दुर्घटनाः मृतकको संख्या २० पुग्यो
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भीरबाट ८ सय मिटर तल खसेर उक्त दुर्घटना भएको हो। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो।