बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
बुटवल–बर्दघाट सडकखण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो आपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी चौकी देवदह खैरेनीका अनुसार मृतकहरूको नाम र ठेगाना हालसम्म खुलेको छैन।
















