काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भीरबाट ८ सय मिटर तल खसेर उक्त दुर्घटना भएको हो।
उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। अहिले घाइतेहरूको उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




















