सुनको मूल्यमा ठूलो गिरावट, तोलामै ११ हजार ६ सय रुपैयाँले घट्यो
काठमाडौं । तिहार बिदापछि आइतबारदेखि खुलेको बजारमा सुनको मूल्य एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य घटेर प्रति तोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको हो ।