काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार २ सय अमेरिकी डलर नाघेको छ । एक औंस बराबर २.४३ ग्राम हुन्छ ।
सुनको मूल्य आज तोलाको दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको छ । आज तोलामा दुई हजार रुपैयाँ बढेर सुन तोलाको दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
दसैँअघि (असोज १२ गते) सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो । दसैँ अवधिभरि सुनको नयाँ मूल्य निर्धारण भएको थिएन ।
दसैँ सकिए लगत्तै (असोज १९ गते) सुनको मूल्यमा उच्च वृद्धि भएको थियो । त्यसयता हरेक दिनजसो सुनचाँदीकै मूल्य बढिरहेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।

























