काठमाडौं । सुनको मूल्यमा आज पनि उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ७,१०० रुपैयाँले वृद्धि भई छापावाला सुनको मूल्य ऐतिहासिक रूपमा सबैभन्दा उच्च, अर्थात् २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ।
बिहीबार पनि सुनको मूल्य २,००० रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको थियो । यसअघि मंगलबार तोलामा ८,१०० रुपैयाँको भारी वृद्धि भएको थियो ।
पछिल्ला केही दिन यता सुनको मूल्य लगातार उकालो लागिरहेको छ।
आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर ३,३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
























