सुनको मूल्य एकैदिन १२ हजार २ सयले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी छ। शुक्रबार सुनको मूल्य एकैदिन तोलामा १२ हजार २ सय रुपैयाँले घटेको छ भने चाँदी २२५ रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता ३८ हजार ९ सय रुपैयाँले घटिसकेको छ।
यसअघि कात्तिक १७ गते सुनको मूल्य एकैदिन १२ हजार ६ सय रुपैयाँले घटेको थियो। त्यसपछि कात्तिक २९ गते १ हजार ५ सय, ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय र मंसिर २ गते ६ हजार ३ सय रुपैयाँले घटेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
गत माघ १५ गते सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।



















