काठमाडौं । सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा बढ्दै तोलाको झण्डै ३ लाख नजिक पुगेको छ। मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ५ हजार ९२० रुपैयाँ कायम भएको छ।
यसअघि मङ्गलबार सुन २ लाख ८४ हजार ७०० र चाँदी ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन २ लाख ७८ हजार ८०० र चाँदी ५ हजार ६२५ रुपैयाँमा थियो भने सोमबार सुन २ लाख ८२ हजार र चाँदी ५ हजार ८१० रुपैयाँ पुगेको थियो।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ७४० अमेरिकी डलर र चाँदी ९५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा सुन–चाँदीको माग बढ्दा मूल्यमा तीव्र वृद्धि भएको हो।




















