काठमाडौँ । पछिल्ला दुई दिनमा उल्लेख्य वृद्धि भएको सुनको मूल्य आज फेरि उच्चदरमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ।
तीन दिनमा ५२ हजार ७ सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार र बुधबार भने कुल १८ हजार १ सय रुपैयाँले बढेको थियो। हिजो मात्रै सुनको भाउ तोलामा १८ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको थियो। मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको थियो।
अघिल्लो साताको बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।
आज चाँदीको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्य २ सय ६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको थियो।
गत साताको बिहीबार चाँदीको भाउ प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।




















