काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन हालसम्मकै उच्च हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनहरूदेखि सुनको मूल्य निरन्तर नयाँ कीर्तिमान बनाउँदै अघि बढिरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि लगातार उच्च विन्दुमा पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

























