काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको छ । बिहीबार तोलामा ९ हजार ५०० रुपैयाँ घटेर तोलाको दुई लाख ९५ हजार २०० रुपैयाँ थियो।
गत मंगलबार र बुधबार दुई दिनमै १८ हजार १०० रुपैयाँले बढेको सुनको मूल्य पछिल्ला दुई दिनमा भने कुल १३ हजार ७०० रुपैयाँले घटिसकेको छ ।
अघिल्लो साताको बिहीबार भने सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यसतै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । प्रतितोला २७० रुपैयाँले घटेर चाँदीको भाउ आज तोलाको ४ हजार ७१० रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य तोलाको ४ हजार ९८० रुपैयाँ थियो ।
गत साताको बिहीबार चाँदीको भाउ ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य मानिन्छ ।




















