काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ९ हजार २ सय रुपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य तोलामा ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



















