संघ मातहतका सहायक राजमार्ग तथा पुल–सडक अब प्रदेशलाई हस्तान्तरण हुने
काठमाडौं, साउन २१ । संघीय सरकारको मातहतमा रहेका सहायक राजमार्ग स्तरका सडक तथा पुल पूर्वाधार अब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको विषयगत समितिको बैठकले उक्त निर्णय गरेको हो।