बागमती प्रदेशका सभामुख पाठकद्वारा राजीनामा, उपसभामुखलाई औपचारिक पत्र बुझाइयो
हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज (बुधबार) उपसभामुख अप्सरा चापागाईंलाई औपचारिक राजीनामा पत्र बुझाएका हुन् । यसअघि गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका पाठकले कानुनी प्रक्रिया पुरा गर्न