हेटौंडा, साउन २० । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँको नेतृत्वमा गठन हुन लागिरहेको नयाँ सरकारमा नेकपा एमालेले सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ।
एमालेले पाएको ६ मन्त्रालयका लागि मन्त्रीहरूको सूची तय गरेको हो। तीमध्ये एकजना दोहोरिएर पुनः नियुक्त हुनेछन् भने पाँचजना नयाँ अनुहार सरकारमा सहभागी हुँदैछन्।
पुनः मन्त्री बन्न लागेका किरण थापामगरलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उनी अघिल्लो कार्यकालमै स्वास्थ्यमन्त्री थिए।
नयाँ मन्त्री बन्नेहरु
- श्रम, रोजगार तथा यातायात मन्त्रालय: जयराम थापा (काठमाडौं)
- वन तथा वातावरण मन्त्रालय: भरतबहादुर केसी (दोलखा)
- कृषि तथा पशुपन्छी विकास मन्त्रालय: मधुसुधन पौडेल (ललितपुर)
- भौतिक पूर्वाधार विकास मन्त्रालय: डा. दिनेशचन्द्र देवकोटा (काठमाडौं)
- उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय: विन्दु श्रेष्ठ (काठमाडौं)
यसबीच, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ आज बागमती प्रदेशका नयाँ मुख्यमन्त्री बन्दैछन्। यसअघि कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीको दबाबमा पदबाट राजीनामा दिएका थिए। लामाले राजीनामा दिनुअघि नै बानियाँलाई दलको नयाँ नेता चयन गरिएको थियो।

























