प्रधानमन्त्रीले गल्ती स्वीकार गर्ने, एमालेले संसदको अवरोध हटाउने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गल्ती स्वीकार गर्ने भएपछि नेकपा एमाले संसदको अवरोध अन्त्य गर्ने भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि यस्तो वातावरण बनेको हो ।