एमालेको सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।