काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयन गर्नका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको तथा निर्वाचित केन्द्रीय कमिटीले आफ्नो काम योजनाबद्धरुपमा आरम्भ गरिसकेको बताउनुभएको छ ।
गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो । अपानिमा तीन बैठकमा निर्णयहरु समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो ।
“हामीले महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्ने गरी पार्टी कामलाई पुनः व्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ, ” एमाले अध्यक्ष ओलीको अपानिमा भनिएको छ ।
त्यसैगरी एमालेका पदाधिकारीहरुको यसअघिको वरीयताक्रम सच्याइएको छ ।
महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले निर्धारण गरेको वरीयता अन्तर पार्टी निर्देशनमा सच्याएर पठाइएको छ ।
खासगरी पदाधिकारीमध्ये सचिवको वरीयता सच्चिएको छ ।
पहिले तेस्रो वरीयतामा रहनुभएका रघुवीर महासेठको ठाउँमा गोकर्ण विष्टलाई ल्याएको छ भने छैटौंमा रहेका योगेश भट्टराईलाई चौथो स्थानमा राखिएको छ । छविलाल विश्वकर्मा र रघुवीर महासेठलाई तल झारिएको छ ।
सच्याइएको वरीयताक्रम
अध्यक्ष
केपी शर्मा ओली
बरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल
उपाध्यक्षहरु
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णुप्रसाद पौडेल
सुवासचन्द्र नेम्वाङ
सुरेन्द्रप्रसाद पाण्डे
महासचिव
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुव्बा गुरुङ
विष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
गोकर्णराज विष्ट
योगेश भट्टराई
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
पद्माकुमारी अर्याल
त्यस्तै एमाले नेताहरुको कार्यविभाजन गरिएको छ । जिल्ला र प्रदेश इञ्चार्ज तोकिएको हो । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको जानकारी दिएको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो ।
एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको हो ।
- उपाध्यक्ष युवराज ज्ञवाली–प्रदेश र स्थानीय तह संयोजन
- उपाध्यक्ष अष्टलक्ष्मी शाक्य–राजनीतिक समन्वय संयोजन
- उपाध्यक्ष रामबहादुर थापा ‘बादल’–कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा
- महासचिव शंकर पोखरेल–सांगठनिक कामको संयोजन
- उपाध्यक्ष विष्णु पौडेल–सांगठनिक कामको अनुगमन
- उपमहासचिव प्रदीप ज्ञवाली–स्कुल विभाग
- पृथ्वीसुब्बा गुरुङ–प्रचार तथा प्रकाशन विभाग प्रमुख
- उपमहासचिव विष्णु रिमाल–निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन
- स्थायी कमिटी सदस्य घनश्याम भुसाल–अर्थ तथा योजना विभागको प्रमुख
- सचिव टोपबहादुर रायमाझी–भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख
- गोकर्ण विष्ट–ऊर्जा विभाग
- योगेश भट्टराई–स्वास्थ्य विभाग प्रमुख
- सचिव लेखराज भट्टराई–सुदूरपश्चिम प्रदेश इञ्चार्ज