काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरी लागू गरेको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले बुधबार ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वयसम्बन्धी निर्देशिका–२०७८’ जारी गरी लागू गरेको जानकारी दिनुभएको छ ।