सरकार छाड्ने एमालेको निर्णय, समर्थन फिर्ता
काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। पार्टी सचिवालय बैठकपश्चात पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पार्टीका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए