काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आजबाट प्रतिनिधि सभामा छलफल सुरु हुने भएको छ ।
सरकारको वार्षिक कार्यदिशासमेत मानिने जेठ ५ गते संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रम माथि आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा छलफल हुने भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ ।
नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछ भने छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । नीति तथा कार्यक्रममा आधारित रहेर जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ ।