प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेस-एमाले प्रतिपक्षमा बस्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । नेपालको संविधानको धारा ८९ को खण्ड