काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ । प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने छ । प्रतिनिधिसभामा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी नै रहनेछ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ ।
राष्ट्रियसभामामा तीन सांसदहरु तुलसा कुमारी दाहाल, विमला घिमिरे र डा. विमला राई पौड्यालले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव गर्दा गराएका छन् । उनीहरूका प्रस्तावलाई राष्ट्रियसभामाका अध्यक्षले निर्णयार्थ पेस गर्ने छन् ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।