काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । हरेक मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने गरिएको छ । यसअघि हप्ताको दुई दिन (सोमबार र बिहीबार) बस्दै आएको एक महिनाअघिदेखि एक दिन (मंगलबार) मात्रै बस्ने गरिएको छ।