दाङ । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजु खनाललाई दिइएको छ।
यस्तै, सामाजिक विकास मन्त्रीमा चन्द्रकेश गुप्ता, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा सन्तोसकुमार पाण्डेय नियुक्त भएका छन् ।
यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारी लाल अहिर, भौतिक पूर्वाधार विकास मन्त्रीमा धर्मबहादुर चौधरी नियुक्त भएका छन् । खनाल, अहिर र गुप्ता आज नियुक्त भएका हुन् ।
धनबहादुर मास्केलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।




















